जनताको जीवन स्तरमा सुधार ल्याउन मेरो उम्मेदवारी : पाण्डे

तुलसीपुर, २३ असोज ।
एमालेबाट प्रदेश ३ (क) का उम्मेदवार घनश्याम पाण्डेले जनताको जीवन स्तरमा सुधार ल्याउन आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा मनोनय दर्ता पछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै पाण्डेले जनताको आधारभुत सेवा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक जस्ता पूर्वाधारको विकाससंगै आदीबासी, जनजाति, थारु, दलित, सिमान्तकृत वर्गलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफुले पहल गर्ने बताउनुभयो ।


त्यसैगरी उहाँले सुखी र समृद्ध नेपालीको समपना पुरा गर्नका लागि पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।