लालमटियाको स्वास्थ्य चौकीलाई ५० सैयाको बनाईने

तुलसीपुर
१ असार / लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


उनले ५० सैया बनाउनाकलागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयारी र निर्माण एवम् सेवा सञ्चालनका लागि १ करोड ५० लाख विनियोजन गरेको बताएका छन् ।