अमर माविमा नँया विद्यार्थीलाई निःशुल्क पोशाक

तुलसीपुर,२८ सााउन ।
तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले निःशुल्क पोशाक वितरण गरेको छ । शै.स.२०८० मा कक्षा १ देखि ५ सम्म भर्ना भएका नँया विद्यार्थीलाई पोशाक प्रदान गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिको निर्णयअनुसार कक्षा ५ सम्म भर्ना हुन आउने नँया विद्यार्थीलाई सर्ट र पाईन्ट प्रदान गरिएको हो । तयारी अवस्थाको पोशाक ३६ जना नँया विद्यार्थीलाई आज अभिभावक सामु वितरण गरिएको हो ।

नँया पोशाक किन्नुपर्ने आवसथामा पोशाक पाउदा अभिभावक बेल बहादुर रौलेले खुसी ब्यक्त गरेका थिए । यसैविच विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको अध्यक्षता तथा वि.ब्य.स.का अध्यक्ष होताराम बस्नेतको प्रमुखमा आतिथ्यमा कार्यक्रम भएको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा राज्यले लगानि गरेको हुदा शैक्षिक सुधारको लागि सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा वडा नम्बर ११ का सदस्य प्रभा परियार, शिक्षक बसुन्धरा पाण्डेय लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए । यस अघि विद्यालयले सहयोगी दाताको सहयोगबाट गरीव तथा जेहेन्दार ६० जनालाई पोशाक प्रदान गरेको थियो ।