लेनदेन मुद्दामा फरार रहेकी तुलसीपुरकी उमा केसी पक्राउ

दाङ
२८ साउन / दाङमा लेनदेन मुद्दाका फरार प्रतिवादी एक महिलालाई प्रहरीले एक वर्ष पछि पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ साउन २२ गते लेनदेन मुद्धामा १ वर्ष कैद फैसला सुनाईसकेपनि फारर रहेकी तुलसीपुर ६ गौरीशंकर बस्ने ३४ वर्षिया उमा के.सीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।


आज विहान ९ बजे तिर लुकिछिपी बसेको समयमा पक्राउ गरिएको हो । उनलाई आज नै दाङ देउखुरी जिल्ला अदालतमा बझाईएको छ ।