तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्री घाइते

तुलसीपुर, २ असोज ।
दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा जुम्ला तातोपानी–३ घर भई हाल तुलसीपुर–७ खर्चवामा कोठा भाडामा बस्दै आएका २२ वर्षका सोनिया खत्री रहेको प्रहरीले जनाएको छ ।

घाइते खत्रीको बाया खुट्टा र कम्मरमा चोट लागेको छ । उहाँको अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइते खत्रिको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


आज दिउँसो २ बजेतिर तुलसीपुरबाट खर्चवा बजारतर्फ जाँदै गरेको रा १ त १६०१ नम्बरको ट्याक्टरले खर्चवा स्कुल नजिकै खत्रिलाई ट्याक्टरले ठक्कर दिएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

ट्याक्टर चालक तुलसीपुर–६ का ५० वर्षीय लोक बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक चौधरीसँग कागज पत्र नभएको र ट्राफिक नियम पालना नगरेको पाइएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।