लागुऔषध ब्राउन सुगर सहित दाङका पाँच जना पक्राउ

तुलसीपुर,२९ जेठ ।

बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका- ५ बस्ने २२ वर्षीय सोनु श्रेष्ठ, सोहि ठाउँ बस्ने २० वर्षीय विशाल कुँवर, २१ वर्षका दिवस डाँगी र १७ वर्षीय दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।


शनिवार पौनै ८ बजे नेपाल भारतको सीमाक्षेत्र नेपालगञ्जको जमुनाह नाकाबाट उनिहरुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी बताएको छ । श्रेष्ठले गुडियामा लुकाएर ल्याएको ७ ग्राम लागुऔषध ब्राउन सुगर र डाँगीको साथबाट प्लाष्टिकमा पुडिया बनाई राखेको १७ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।