नरेशकुमार श्रेष्ठः भिङ्ग्रीदेखि दाङको व्यवसायिक र सामाजिक नेतृत्वसम्म:

प्युठान, ०४ असोज ।
प्युठानको भिङ्ग्रीबाट नयाँ सम्भावनाको खोजी गर्दै दाङ झर्दा नरेशकुमार श्रेष्ठसँग कुनै ठूलो व्यावसायिक योजना थिएन, केवल मेहनत गर्ने आत्मविश्वास र आफ्नै खुट्टामा उभिने दृढ इच्छाशक्ति थियो। उनले वि.सं. २०७१ सालमा घोराहीमा कोसेली बेकरीु सञ्चालन गरेर दाङमा आफ्नो व्यावसायिक यात्राको सुरेका थिए । सामान्य लगानीबाट सुरु भएको यो व्यवसायलाई निरन्तर मेहनत र नयाँ सोचका साथ विस्तार गर्दै उनले अहिले घोराही, तुलसीपुर र लमही लगायतका सहरहरूमा आधा दर्जन शाखाहरू पुर्‍याउने छन्, भने थुप्रै व्यक्तिहरूलाई रोजगारीसँग जोडेका छन् ।

बेकरी व्यवसायमा मात्र सीमित नरही श्रेष्ठले होटल क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् । परम्परागत शैलीमा सञ्चालन हुँदै आएका बेकरी व्यवसायलाई आधुनिक बनाउँदै बदलिँदो बजार र उपभोक्ताको मागअनुसार व्यवसाय अघि बढाउनुपर्छ भन्ने उनको मान्यता छ ।


उनले बैंकको ब्याजदर, व्यवसाय सञ्चालनको कठिनाइ, लगानीको वातावरण र युवा व्यवसायी पलायनजस्ता विषयहरूले व्यावसायिक नेतृत्वतर्फ मोड्यो। व्यवसायीका समस्या समाधानका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघमा सक्रिय भएका श्रेष्ठले संघको सचिव हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । विशेष गरी बैंकको ब्याजदर वृद्धिको विरुद्धमा व्यवसायीहरूको पक्षमा आवाज उठाउँदै उनले युवा व्यवसायीहरूलाई विस्थापित हुन नदिन स्थानीय स्तरमै लगानीको वातावरण बनाउनुपर्ने विषयलाई प्राथमिकता दिँदै आएका छन् ।

श्रेष्ठको सामाजिक र सार्वजनिक जिम्मेवारीको यात्रा भने वि.सं. २०५४ सालमा तत्कालीन प्युठानको भिङ्ग्री गाविस–२ को वडा अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै सुरु भएको थियो। व्यावसायिक चुनौतीहरू आफैँले भोगेकाले व्यवसायीका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व आवश्यक ठानेर नै उनी अहिले नेतृत्वको मैदानमा उत्रिएका हुन् । दाङमा औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तार गर्ने, सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई गति दिने, घोराहीका व्यवसायीलाई विस्थापित हुनबाट रोक्ने र अधुरा मुद्दाहरूलाई निष्कर्षमा पुर्याउने उनको मुख्य जोड रहेको छ।