दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते

दाङ,११ फागुन ।
दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराही आउँदै गरेको लु २ ख ३२७७ नम्बरको सोमबार विहान पौने ११ बजेतिर बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । घाइते हुनेमा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।


दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानी स्थित मसोट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको छ ।