अप्टिमिष्ट क्लब अफ तुलसीपुरलाई उत्कृष्ट ‘बेस्ट क्लब अवार्ड ’ प्राप्त

तुलसीपुर,०४ असोज ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरले अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टद्वारा प्रदान गरिने प्रतिष्ठेय “बेस्ट क्लब अवार्ड २०२६” हात पार्न सफल भएको छ।


भक्तपुरमा भएकाे अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको केन्द्रीय अधिवेशनका क्रममा देशभरिका विभिन्न शाखाहरू मध्येबाट तुलसीपुर शाखाले उक्त उपाधि चुमेको हो।

क्लबले स्थापनाकालदेखि नै समाजमा पुर्‍याउँदै आएको निरन्तर मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा सकारात्मक परिवर्तनका क्षेत्रमा खेलेको उत्कृष्ट भूमिकाको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। क्लबका अध्यक्ष नाेबेल डिसीलाई उक्त अवार्ड प्रदान गरिएकाे हाे ।