चार नम्बर वडाको टोल भेला हुने

निराश पान्डे
शान्तिनगर, २७ जेठ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को वडा कार्यसमितिको बैठक चिराघाटमा सप्पन्न भएको छ। वडा अध्यक्ष गोमान वहादुर ओलिको अध्यक्षतामा सप्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ। जस अन्तरगत शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को आर्थिक बर्ष २०७९/०८० को पुर्वाधार विकास तर्फका योजना तथा कार्यक्रम संचालनका लागि वडा बासिको माग तथा सुझाव संकलन गर्न बस्ती स्तरमा गै आवश्यक छलफल गर्न विभिन्न मितिमा टोल भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।


जुम्लेकुला २८ गते बिहान ७ बजे, सुन्दर सामुदायिक भवन २८ गते दिउसो १ बजेत्यसै गरि एकली २९ गते बिहान ७ बजे र २९ गतेनै दिउसो १ बजे हिरापुर राखिएको वडा अध्यक्ष गोमान बहादुर ओलिले जनाएका छन।