आचार्य कुलम दाङ सञ्चालन हुने

तुलसीपुर, २ माघ । पतन्जली योग समिति दाङले आचार्यकुलम दाङ सञ्चालन गर्न लागेको छ । दिबसको अबसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

गोलौरीमा कार्यक्रम गरि योग वैदिक सस्कृत तथा आधुनिक शिक्षालाई संगै लैजान योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देस्वले २०८१ देखि आधरभुत तहको स्कुल सञ्चालन गर्न लागेको बताईएको हो ।


सस्कृत बिश्वबिद्यालय बेल्झुन्डीका पुर्ब परिक्षा नियन्त्रक निल प्रसाद सापकोटा, समाजसेवी उत्तमकुमार श्रेष्ठ, प्राध्यापक प्रेम शाह, जिल्ला योग समितिका अध्यक्ष उदय बहादुर डाँगी लगायतले नैतिक र आधुनिक शिक्षा लाई संगै लिन सके राष्ट्रप्रेमी नागरिक निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा दाङ जिल्ला भरिका योग साधना केन्द्र स्तरिय हाजिरी जवाफ र योग साधनबीच कुर्सी दौड प्रतियोगिता भएको थियो । कार्यक्रमको सहजीकरण टेक बहादुर खड्का र दिपक बस्यालले गरेका थिए ।