त्रिशूल प्रहारबाट दाङमा वडा अध्यक्ष घाइते 

राजपुर गाउँपालिका –६ खयरभट्टी निवासी २० वर्षका विजय नेपालीले वडा अध्यक्ष विष्ट माथि  हिजाे बेलुकी ५ः१० बजे कार्यालय परिसरमै बायाँ कोखामा त्रिशूल प्रहार गरेका डीएसपी मल्लले बताउनुभयो ।  नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  २/३ महिना देखि सोही वडाको जङ्गलमा रहेको माताकुटी मन्दिरमा बस्दै आएका नेपालीलाई वडा अध्यक्ष विष्टले केहि दिन अघि त्यहाँ नबस्न भनेपछि त्यसको आवेगमा प्रहार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।