उरहरीमा कार दुर्घटना हुँदा चालक घाईते

तुलसीपुर,२५ जेठ ।

तुलसीपुरमा कार दुर्घटना हुँदा चालक घाईते भएका छन् । तुलसीपुरबाट कैलालीको टिकापुर तर्फ जाँदै गरेको ब्रा प ०१०२५ च ६२२० नं. को कार बुधबार दिउँसो ३ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी चोकदेखि ५० मिटर दक्षिण तर्फ दुर्घटना भएको हो ।


दुर्घटनामा परि कार चालक टिकापुर नगरपालिका वडा नं. ७ सत्ती बजारका विकास क्षेष्ठको दाया हातमा चोट लागेको प्रहरी चौकी जस्पुरका प्रहरी जवान निरज भण्डारीले जानकारी दिए । श्रेष्ठको उरहरी सिटी हस्पिटलमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य छ । भण्डारीका अनुसार कारको अगाडीको भागको सिसा फुटेको छ । बाटोमा अत्याधिक धुलो भएर ब्रेक लगाउन खोज्दा कार दुर्घटना भएको प्रहरी जवान भण्डारीले बताए । उक्त कारमा चालक मात्रै सवार रहेको प्रहरीले बताएको छ ।