कर्मचारी परिषदले बुझायो ध्यानाकर्षण पत्र

निराश पाण्डे,
चिराघाट, २७ फागुन ।
नेपाल विद्यालय कर्मचारी परिषद शान्तिनगरले शुक्रबार शान्तिनगर गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। कर्मचारी परिषद शान्तिनगरका अध्यक्ष बालाराम ओलि, सचिब सुकबिर चौधरी र कर्मचारी परिषद दाङका अध्यक्ष तप्त प्रसाद शर्माको नेतृत्वमा गएको टोलिले शान्तिनगर गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकिय अधिकृत लेखा भन्डारीलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी , सहायक सहयोगिले बिगत लामो समय देखि न्यून बेतनमा काम गरिरहेको र पूरा सुबिधाको लागि नेपाल सरकारसंग निरन्तर संघर्षरत रहेको पत्रमा जनाएको छ । साथै संघर्षरत रहेकै अबस्थामा संघीय सरकारको आर्थिक बर्ष २०७९/८० को बजेटमा अन्य सबै कर्मचारी तथा शिक्षकहरुको तलब भत्तामा वृद्धि गरिएको तर विद्यालय कर्मचारीहरुको तलब वृद्धि गरिएन ध्यानाकर्षण पत्रमा भनिएको छ।


कर्मचारी परिषद शान्तिनगरका अध्यक्ष बालाराम ओलिले सबै विद्यालयका कर्मचारीहरुलाई संघिय सरकारबाट प्राप्त हुने रकममा शान्तिनगर गाउँपालिकाबाट आवश्यक रकम थप गरि समान पदका अन्य कर्मचारी सरह तलब सुबिधाको ब्यबस्था मिलाइ दिन गाउँपालिका समक्ष जोडदार माग गरिएको अध्यक्ष ओलिले जनाउनु भएको छ। शान्तिनगर गाउँपालिकामा सामुदायिक विद्यालयमा ६ लेखापाल र २६ कार्यालय सहयोगी रहेको जनाएको छ।