जिसस दाङको निर्वाचनः गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ, २५ जेठ ।

दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्ध दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा काँग्रेसले उम्मेदवारी दिएका छ भने २ सदस्यमा गठबन्धबाटै माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

प्रमुखका लागि काँग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिनुभएको छ छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिनुभएको छ । शर्मा राप्ती गाउँपालिका निवासी हुनुहुन्छ । चौधरी बबई गाउँपालिका निवासी हुनुहुन्छ ।


आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धबाट प्रमुख र उपप्रमुखसहित ९ जनाले उम्मेदवारी दिएका छन् । दाङमा काँग्रेसको एकल बहुमत रहेको थियो तर गठबन्धनको मर्मअनुसार मिलेर उम्मेद्वारी दिएको काँग्रेस जिल्ला सभापति शंकर डाँगीले बताउनुभयो ।

यसैबीच नेकपा एमालेले जिसस निर्वाचनमा उम्ममेदवारी नदिने भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिका मात्र जितेको एमालेले उम्मेदवारी नदिने भएको जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले बताउनुभयो । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

आज उम्मेदवारी भएपनि उम्मेदवारको नामावली प्रकाशन भोली (बिहिबार) दिउँसो दुई बजे हुनेछ र अन्तिम नामावली प्रकाशन शुक्रबार दिउँसो १ बजे हुनेछ । शुक्रबार दिउँसो ३ बजे निर्वाचन चिन्ह प्रदान गर्ने र २९ गते विहान १० बजे निर्वाचनको समयतालिका तोकिएको छ । तर एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनबाट उम्मेदवारी दिएकाहरु स्वत निर्वाचित हुनेछन् ।