दाङ, १८ फागुन ।
गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ । स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ ।
झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको छ भने यो गीतको छायांकन केएसआर मूभी प्रोडक्सनका प्रकाश बस्नेतले गर्नु भएको छ । गायक स्वर्णकारको आफ्नै गुड भ्वाईस रेर्कडिङ स्टुडियो लमहीमा यो गीतको रेर्कडिङ गरिएको हो । देउखुरीको रमणीय दृश्यहरु यो गीतको भिडियोमा कैद गरिएको छ । एकल रुममा गायक स्वर्णकारलाई यो गीतमा अभिनय गरेको सकिन्छ ।
लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आउनु भएका स्वर्णकार शब्द, संगीत र आवाजमा दक्खल राख्ने कलाकार हुनुहुन्छ । वि.सं.२०५२ सालमा ‘हे आमा जन्म दियौं हामीलाई वीर बन्नलाई’ बोलको बाल गीत गाएर गायक स्वर्णकारले रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नु भएको हो ।
‘बुझिनौकी मायाले, हल्लायो हल्लायो, कुराकानी बिचार र तीजको हाईमाया’ जस्ता गीतलाई श्रोताले धेरै मन पराई दिएको गायक स्वर्णकारको भनाई छ । यी गीतलाई देश विदेशमा अल्लि बढी नै दर्शक श्रोताले मन पराईदिनु भएको छ, ‘हामीले दर्शक श्रोताको चाहाना बुझेर गीत गाउने हो बाँकी उहाँहरुको जिम्मा हो’ गायक स्वर्णकारले भन्नु भयो ।
गीत संगीत बाहेक उहाँका थुप्रै चिनारी रहेका छन् । उहाँ एक सफल सुनचाँदी व्यवसायी पनि हुनुहुन्छ । पछिल्लो समय लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।
लाइभदाङ । १८ फाल्गुन २०८०, शुक्रबार १३:३६ बजे