शरद रेग्मी
तुलसीपुर, १९ जेठ ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद बस्नेतको निरन्तरताको प्रयास पछि पालिका परिसरमा नेपाल टेलिकमको टावर निर्माणको काम सुरु गरिएको छ । बर्षौ देखि पालिका प्रबेश गरेलगत्तै टेलिकम र एनसेल दुबै फोनले काम नगर्दा सेवाग्राहि,जनप्रतिनिधि,र कर्मचारीले समेत हैरानि व्यहोर्दै आएका थिए ।
अध्यक्ष बस्नेतले स्थानिय,क्षेत्र र केन्द्रिय कार्यालयमा निरन्तर समन्वय र पहल गरेपछि टेलिकमले टावर निर्माण गर्न लागेको हो । यो सन्देश सङ्गै गाउँपालिका बासिहरु खुसि भएका छन । साथै अध्यक्ष बस्नेतले जतिसक्यो चाडै गाउँपालिकाबाट टेलिकमले सेवा प्रदान गर्ने बताउनु भएको छ । अध्यक्ष बस्नेतले पालिकामा भएका प्राबिधिक कमजोरिहरु आफुले तत्काल ब्यबस्थित गर्दै लैजाने बताउनुभएको छ ।
लाइभदाङ । १९ जेष्ठ २०७९, बिहीबार १७:३७ बजे