उपभोक्ताको सहयोग विना वनको संरक्षण हुन सक्दैन

तुलसीपुर, १७ मंसिर ।
सामुदायिक वनको संरक्षणमा स्वयं उपभोक्ता सक्रिय हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । अश्वारा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभामा बोल्ने वक्ताले वनमा हुने वन पैदावार चोरी निकासीलाई नियन्त्रण गर्नका लागि वन समितिको एक्लो प्रयासले सम्भव नहुने बताउँदै उपभोक्ताको सहयोग आवश्यक हुने बताए ।

दार, बलाबली, दाउरा, घाँस लगायतका वन पैदावार उपभोक्ताको आवश्यकता हेरेर वितरण गर्नुपर्ने भन्दै सहभागी वक्ताले हरेक कामको पारदर्शी हुनपर्ने बताए । सो अवसरमा वन समूहका सचिव निमबहादुर खड्काले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टोपबहादुर विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


साधारणसभामा तुलसीपुर उपमहानगरपालिका –८ का वडा सदस्य हस्तबहादुर बिक, रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, नेपाली कांग्रेसका तारा प्रसाद देवकोटा, एमालेका हेमा डाँगी, वन समूहका पूर्व अध्यक्ष शूरमा बस्नेत, गौरी टोल विकास संस्थाका अध्यक्ष तारा बहादुर बस्नेत, सूर्य ज्योति कृषि सहकारी संस्थाका अध्यक्ष गोरख बहादुर खड्का, मायालु सामुदायिक वन समूहका अध्यक्ष राजेन्द्र चौधरी लगायतले बोल्नु भएको थियो । साधारण सभा वन समूहका अध्यक्ष यमप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो ।