गणतन्त्र दिवसमा माओवादी केन्द्र तुलसीपुरद्वारा फलफूल वितरण

तुलसीपुर
१६ जेठ / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ ।

तुलसीपुर ६ स्थित आश्रममा फलफूल वितरण गरिएको हो । पार्टीका तुलसीपुर नगर उपाध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारीको प्रमुख आतिथ्य एवं पार्टीका तुलसीपुर नगर इञ्चार्ज प्रेमराज वली‘प्रभात’को बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्का‘अनुपम’, तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर १६ का अध्यक्ष शिवानन्द डाँगी, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुर नगर अध्यक्ष घनश्याम डाँगी, अखिल नेपाल महिला संघ तुलसीपुर नगर अध्यक्ष इश्वरा रोका, शहीद परिवार समाज दाङका जिल्ला सदस्य नन्दन रोका, राप्ती प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा.सन्तोष चौधरी, राप्ती प्रादेशिक अस्पतालका एचए सरद खत्रीलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको सहजीकरण अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुरका सचिब जीवन खड्काले गरेका थिए । आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा आश्रममा रहेकाहरुको स्वास्थ्य जाँच पनि गरिएको थियो ।

No description available.

No description available.