देउखुरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

दाङ, १ चैत ।
देउखुरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके फुलटेक्रा निवासी वर्ष २० का करण कुर्मी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार बेलुका ६ बजे लमही लमही नगरपालिका – ९ निवासी राजु प्रधानले चलाएको रा ७ त २२८६ नम्बरको ट्याक्टरको ढालाबाट कुर्मी खसेर गम्भीर घाइते भएको र उपचारका लागि लमही अस्पताल ल्याइएको थियो । कुर्मीको उपचारका क्रममा मंगलबार बेलुका ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।


ट्याक्टर रिहारबाट सतबरिया तर्फ आउँदै गरेको थियो । ट्याक्टर र चालक वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।