
तुलसीपुर, ९ असोज ।
राप्ती बिश्वासी बचत तथा ऋण सहकारी सस्था ९रफिकोल० को अध्यक्षमा श्रीधर शर्मा चयन हुनुभएको छ । तुलसीपुरमा शुक्रबार सम्पन्न भएको सस्थाको २९ औ बार्षिक साधारणसभा तथा ११ औ अधिबेशनले शर्माको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिती चयन गरेको हो ।
समितिको उपाध्यक्षमा देबा बस्नेत, सचिबमा प्रसाराम भुषाल, कोषाध्यक्षमा द्रोणप्रसाद न्यौपाने चयन हुनुभएको छ । यस्तै सदस्यमा समानबाबु डाङ्गी, डम्बरबहादुर बुढाथोकी, सुबास अधिकारी, भावना गौतम र कल्पना बस्नेत बुढाथोकी चयन हुनुभएको छ । यस्तै साधारणसभाले नवीन कुमार शर्मालाई लेखा सुपरिबेक्षण संयोजक चयन गरेको छ । समितिको सदस्यमा आशाराम चौधरी र ईन्द्रलता बस्नेतलाई चयन गरिएको छ ।

साधारणसभामा कोषाध्यक्ष कुमार वसन्त आचार्यले आर्थिक प्रतिबेदन पेश गर्दै सस्थाको ३८ करोड २५ लाख ४१ हजार ४३१ रुपैया १९ पैसा कुल सम्पती रहेको जानकारी दिनुभयो । सस्थाले आर्थिक बर्ष २०८२(०८३ मा ६२ लाख ५१ हजार ४६२ रुपैया १३ पैसा खुद नाफा गरेको छ । सस्थासङ्ग ४ करोड ७८ लाख १४ हजार १ सय रुपैया शेयर पुजि, २७ करोड ८६ लाख ८ हजार १३१ रुपैया निक्षेप संकलन गरेको छ । सस्थाले सोही आर्थिक बर्षमा २६ करोड ८१ लाख ६ हजार ८४० रुपैया ऋण लगानी गरेको छ भने ३ करोड ७ लाख ८९ हजार ८९६ रुपैया जगेडा कोष छ ।
कार्यक्रममा तारप्रसाद देबकोटा, चर्मिल केसी, सुमन केसी, दलबहादुर वली र चित्रा खड्कालाई असल बचतकर्ता, नन्दराज शर्मा गिता गिरि, शोभा डाङ्गी, तिलमती बुढाथोकी र टिकाराम खत्री असल ऋणिबाट सम्मानित हुनुभएको थियो । यसैगरी नजरी खड्का र ढुण्डी राज भुषाललाई जेष्ठ सदस्य सम्मान गरिएको थियो । यसैगरी सस्थामा स्थापना गरिएको रामप्रसाद-रफिकोल छात्रवृत्ति पुरस्कारबाट माबी तुलसीपुरकि सोनु ददेल, बिष्णुप्रसाद केसी स्मृति छात्रवृत्तिबाट राप्ती बबई क्याम्पसका दिनेश कवर पुरस्कृत हुनुभएको थियो भने धेरै शेयर सदस्य बनाउने धनकली खत्रीलाई सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका सल्लाहकार हेमन्तकुमार योगि, पुर्ब सल्लाहकार ढुण्डिराज लामिछाने, सुरेन्द्र खड्का, शेयर सदस्य टेकबहादुर थापा, देबि पोखरेल आचार्यले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष बिक्रम सोमैको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सचिब प्रल्हाद हमालले सहजीकरण तथा बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष कुमार वसन्त आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।



लाइभदाङ । ९ आश्विन २०८३, शुक्रबार २१:०३ बजे