तुलसीपुर, १५ जेठ ।
तुलसीपुरमा रहेको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका छन् । बिएएलएलबी दोस्रो ब्याचका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेर पहिलो व्याचका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै कलेज प्रमुख बसन्त आचार्यले कानूनका विद्यार्थीहरुको काँधमा समाजप्रतिको जिम्मेवारी धेरै हुने बताए । उनले कानून विषयका लागि अभ्यासको आवश्यकता पर्ने भएको हुँदा कलेजले अभ्यासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत बताए । “हामीले नेपालमै नमुना विद्यार्थी उत्पादन गर्न चाहन्छौ त्यसका लागि विद्यार्थीहरुले पनि सोही अनुसार मेहनत गर्नुपर्दछ” कलेज प्रमुख आचार्यले भने ।
कार्यक्रममा कानून संकाय संयोजक गोपाल उपाध्याय,शिक्षकहरु वसन्त टण्डन, कोसिस गिरी, विद्यार्थीहरु छविन रावत,तिर्सना रोका लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए । कार्यक्रमको सञ्चालन विपना गिरी र प्रविन यादवले गरेका थिए ।
लाइभदाङ । १५ जेष्ठ २०७९, आईतवार १९:१२ बजे