देउखुरीको बड्कापथ सिंचाई आयोजनाकालागि बजेट बिनियोजन

तुलसीपुर,१५ जेठ ।


दाङ देउखुरीको बडकापथ तथा प्रगन्ना सिंचाई आयोजनाको मुल नहर विस्तारको निर्माणकालागि बजेट बिनियोजन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/०८० कालागि उक्त बजेट बिनियोजन गरेका हुन् । साथै बृहत दाङ उपत्यका सिंचाई आयोजनाकालागि पनि बजेट बिनियोजन भएको छ ।