दीपक बोहरा
तुलसीपुर
१९ फागुन / कुँदिएका जस्ता ढुंगाहरु देखिन्छन् । हजारौं ढुंगाहरु छन्, जो जति हे¥यो उत्ति हेरौं लाग्छ । हिजोआज ति ढुंगाहरु हेर्ने र त्यहाँ टिकटक बनाउनेहरुको घुइँचो नै लाग्ने गर्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुंगा सामुदायिक बन क्षेत्रमा रहेका ति हजारौं ढुंगाहरु कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयहरुले ‘जन्ती ढुंगा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरु ओलाप्पिएको’ भन्ने किम्बदन्ती रहेको छ ।
कुदिएका जस्ता देखिने ति ढुंगाहरु जन्ती, दुलहा–दुलही रहेको स्थानीयहरु बताउछन् । जन्ती ओलाप्पिएपछि त्यहाँ झाँक्री पनि गएको र भाँक्री समेत त्यही ओलाप्पिएको भन्ने किम्बदन्ती रहेको छ । ‘हामी स–साना हुँदा यो बाटो हिड्नु हुँदैन, त्यहाँ जन्ती ओलाप्पेको ठाउँ हो, त्यो बाटो हिड्दा हामी पनि ओलाप्पिन्छौं भनेर हामीलाई बुढापाकाले भन्नुहुन्थ्यो’, स्थानीय ८० बर्षीय लिलाधर भट्टराईले भने‘ त्यही भएर हामी यो बाटो पनि हिड्दैनथ्यौं’ उनले थपे‘ त्यहाँ दुलही ल्याउन गएका जन्तीहरु बिश्राम गरेको र त्यही क्रममा विहान भयो । जन्तिहरुलाई कहाँ जाम र के गरम भयो, त्यसपछि त्यही ओलाप्पिए, भन्ने विश्वास छ ।’ तर, यो कुरा अहिलेसम्म कहिपनि खुलाईएको छैन ।
यो ठाउँ पर्यटकीय स्थल बन्न सक्ने भएकाले यसको प्रचार आबश्यक रहेको भन्दै त्यहाँ बर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक बर्ष शिबरात्रीमा मेला लाग्ने गरेको स्थानीय जागेश्वर वलीले बताए ।‘यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ’,उनले भने‘सोही अनुसार हामीले प्रत्येक बर्ष शिवरात्रीमा मेला लगाउने गर्छौंै ।’
तुलसीपुरको १३ र १४ को सिमाना अन्तर्गत झाँक्री ढुंगा सामुदायिक बनको डाँडोमा त्यस्ता ढुंगा रहेका छन् । त्यहाँबाट रिहार जोड्ने सडक पनि गएको छ । यसले गर्दा पनि सहजै पर्यटकहरु आउन सक्ने स्थानीय मोहन पौडेलको भनाई छ ।“सडक लगभग लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यबस्थित बनाउनु पर्ने देखिन्छ”,उनले भने“त्यति गर्न सकिएमा यहाँ पर्यटकको घुँइचो लाग्ने गर्छ ।” उनका अनुसार त्यहाँ भ्यूटावर निर्माण गर्न सकेमा त्यसले दाङसहित छिमेकी जिल्लाहरुको भू–भाग अवलोकन गर्न सकिन्छ ।’
त्यस स्थानलाई प्रचार गर्न सकिएमा सुपादेउराली भन्दा पनि बढि चर्चामा आउन सक्ने स्थानीय देबबहादुर बिकले बताए । पानीको पनि समस्या भएकाले त्यसलाई पनि समाधान गर्नुपर्ने उनले बताए । अहिले त्यहाँ हुमबहादुर वलीलेको अध्यक्षतामा उक्त जन्तीढुंंगा संंंरक्षण समिति समेत निर्माण गरिएको छ । संरक्षण समितिले जन्ती ढुंंगाको संरक्षण गर्ने गरेको छ । अहिले दुईजना ‘बाबा’हरु समेत त्यहाँ आएका छन् । उनीहरु त्यही नै बस्ने गरेका छन् । त्यहाँ चहलपहल बढेपछि आसपासमा अस्थायी पसलहरु समेत थाप्ने गरिन्छ । दिनहुँ जसो त्यहाँ पुग्नेहरुको संंख्या बढिरहेको छ ।
प्रचारकालागि कार्यक्रम
जन्तीढुंगाको प्रचारप्रसारकालागि त्यहाँ कार्यक्रम समेत गरिएको छ । शिवरात्रीको दिन झाँक्रीढुंगा सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा कार्यक्रम भएको हो । समितिका अध्यक्ष कमारा खत्रीको अध्यक्षता तथा तुलसीपुर १३ का कार्यबहाक वडाध्यक्ष विनोद पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि पाण्डेले त्यहाँको प्रचारप्रसार र विकासकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा बिशिष्ट अतिथि समाजसेवी जागेश्वर वलीले यस्ता क्षेत्रको विकास गर्न सबैले पहल थाल्नुपर्ने बताएका थिए । कार्यक्रममा एमालेका वडा इञ्चार्ज मोहन वली, काँग्रेसका वडासभापति चेतकान्त योगी,माओवादी केन्द्रका वडाध्यक्ष देबबहादुर विक, नेता काशिराम खड्का, हरिहर पौडेललगायतले यहाँको विकास गर्न सके पर्यटकीय हिसाबले निकै माथि पुग्ने बताएका थिए ।
जन्तीढुंगा संरक्षण समितिका अध्यक्ष हुमबहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण मधु नेपालीले गरेका थिए ।
लाइभदाङ । १९ फाल्गुन २०७८, बिहीबार ०८:५९ बजे