खानेपानी र विद्युत न्यूनतम शुल्क मिनाह

गोकर्ण पौडेल
तुलसीुर, १५ जेठ ।

तुलसीुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाले पालिका भित्रका खानेपानी र विद्युतको न्यूनतम शुल्क मिनाहा गरिने बताउनुभएको छ । उहाले जनताले जीवन उपयोग गर्ने पानी र विद्युत नि:शुल्करुपमा व्यवस्थापन गर्ने बताउनुभयो । तुलसीुर खानपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रम बोल्दै तुलसीुरमा सहलगानीमार्फत् बंबई नदीको पानी लिफ्टिङ गरेर पालिकाभित्र वितरण गरिने बताउनुभयो ।


खडकाले राप्ती प्रादेशिक अस्पतालको सेवा ,बजार व्यवस्थापन,सरसफाई र छाडा चौपाया व्यवस्थापनका समस्या समाधानका लागि तत्कालै गरिने बताउनुभयो । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता एवम नगर प्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा ९ वडाध्यक्ष घनश्याम ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियोभने सञ्चालन सचिव सेवकराम भण्डारीले गर्नुभएको थियो।