आगलागी पीडितलाई २०६७ को एसएलसी ब्याजका विद्यार्थीद्वारा सहयोग

तुलसीपुर, २७ वैशाख । दाङ राजपुर गाउँपालिका ७ का हाडवासका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

बाँकेको कुसुमेश्वर माविका २०.६७ सालका एसएलसी ब्याचका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन । उनीहरुले ३८ हजार २ सय २५ रुपैँया आर्थिक सहयोग गरेको तत्कालिन विद्यार्थी चित्रबहादुर विश्वकर्माले बताए ।

उनका अनुसार बिभिन्न क्षेत्रमा आबद्ध विद्यार्थीहरुले संकलन गरि आर्थिक सहयोग गरेका हुन् । हेमन्त बहादुर बस्नेतले ६ हजार पाँचसय, दिपक केसीले ५ हजार एक सय ६५, सुमन डाँगीले ४ हजार ३ सय ३५, सन्तोष डाँगीले तीन हजार, दिपा डाँगीले २ हजार पाँच सय १० रुपैँया आर्थिक सहयोग गरेका हुन् ।


त्यस्तै प्रतिमा वलीले दुई हजार ५५, शालिक भण्डारीले तीन हजार, चित्रबहादुर विश्वकर्माले दुई हजार, यमबहादुर रामजी जालले एक हजार ५५, विनय वलीले ५ हजार ६ सय, स्पेश विक ३ हजार पाँच रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

आफ्नो सानो सहयोगले पीडितलाई राहात मिल्ने उनीहरुको भनाई छ ।