विकास नगरद्धारा विद्युत कार्यालय घोराहीलाई सम्मान

दाङ, १० असार ।
विकास नगर टोल विकास संस्थाले नेपाल विद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ । विगत धेरै वर्ष अगाडि देखि विकास नगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो ।

घरमा भएका विद्युतीय सामग्री पानि तान्ने मेसिन, फ्रिज, पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमिले भएका सामान पनि बिग्रदै गएको टोलबासिको गुनासो थियो । त्यहि समस्या समाधानका लागि टोलका अध्यक्ष बेचन वलीको नेतृक्त्वमा २०७६ सालबाट विद्युत कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराएको थियो ।

धेरै लामो समयपछि अहिले नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले माग सुनुवाई गर्दै भोल्टेज ब्यबस्थापन गर्नको लागि विकासनगर टोल विकास संस्थालाई ३ वटा ट्राँन्समिटर प्रदान गरी जडान गरी दिएको थियो । ठाँउ– ठाँउमा नँया ट्रान्समिटर जडान भएपछि टोलबासि समस्या मुक्त भएका छन् ।


सोहि अवसर पारेर विकासनगर टोलले टोलका अध्यक्ष तथा समाजसेवि बेचन वलीको नेतृक्त्वमा बरीष्ट उपाध्यक्ष खुशलराम पुन र संस्थापक अध्यक्षको उपस्थितिमा विद्युत प्राधिकरण शाखामै गएर शाखाका प्रमुख मिथिलेस कुमार गोहिवारलाई टिका तथा खादा र प्रशंसा पत्रले सम्मान गरेको हो ।

शाखा प्रमुख गोहिवारले विद्युत प्राधिकरण घोराही शाखाको उच्च मुल्याङ्कन गरी सम्मान गरेको भन्दै विकास नगर टोल विकास संस्था प्रति आभार प्रकट गर्नुभएको थियो ।