दाङ, २ फागुन ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका लागि बुधवार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश स्थापना दिवशको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।
प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर स्थापना दिवसको उपलक्ष्यमा ३ फागुनमा बिदा दिने गरी निर्णय भएको थियो ।
लाइभदाङ । २ फाल्गुन २०७९, मंगलवार १८:१० बजे