दाङमा गणतन्त्र दिवस मनाईयो

सुशील वस्नेत
दाङ,१५ जेठ ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले १५ औ गणतन्त्र दिवस मनाएको छ । शान्ति समाजका सभापति तुल्सीराम सुनारको सभापतित्व एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा लोकतान्त्रिक गणतन्त्र,नागरिक अपेक्षा र राजनीतिक दलहरु बिषयक बिचार गोष्ठीको कार्यक्रम आयोजना गरि तुलसीपुरमा गणतन्त्र दिवस मनाईएको हो । दिवस मनाउने सन्र्दभमा सम्बोधन गर्नुहुदै नगरप्रमुख खड्काले राजनीतिक दलहरुबाट अपेक्षा गर्दै आएका नागरिकको भावना र आबश्यकतालाई सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,वातावरण अनुकुलन,बैज्ञानीक शिक्षा र गुणस्तरीय स्वास्थ्य आमनागरिकको पहँुच हुने छ ।

कार्यक्रममा दङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी र शान्तिनगरगाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सामाजिक न्यायलाई बिशेष ध्यान दिईनेमा जोड दिनुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपलिकाका उपप्रमुख स्यानी चौधरी र शान्तिनगरगाँउपलिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले महिलाहरु अधिकारको सुनिश्चताका लागि न्यायीक समिति भरपर्दो बनाउने प्रतिबद्धता जनाउनुभयो ।


त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी, वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर १६ का अध्यक्ष शिवानन्द डाँगीले नदि संरक्षण, स्वच्छ वातावरण, शुद्ध खानेपानी,शिक्षा,स्वास्थ्य आम नागरिकले उपयोग गर्न पाउने गरि योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिब निर्मल नेपाली,शान्ति समाजका पुर्ब केन्द्रिय उपसभापति मोहन धिताल,नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी,जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी,महिला मानव अधिकार रक्षक सञ्जालकी पदमा चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

शान्ति समाजका उपसभापति नविन पोख्रेलको स्वागत मन्तब्य र सहजिकरण शाखा सचिव निर्मला डाँगीले गर्नुभएको थियो ।
त्यस अघि मानव अधिकार तथा शान्ति समाजले तयार पारेको हिमालय बँचाउ,नदिजोगाँउ,बैज्ञानिक शिक्षा,गुणस्तरीय स्वास्थ्य,दुब्र्यसनी बिरुद्धको अबधारण पत्र प्रस्तुत गर्नुका साथै बितरण समेत गरिएको थियो ।
शान्ति समाजले प्रत्येक बर्ष गणतन्त्र दिवसलाई बिशेष पर्वको रुपमा मनाउदै आएको छ ।