
दाङ, ३१ असोज । दाङलाइ आगजनी र तोडफोड हुनबाट बचाउन बिशेष भूमिका निर्वाह गर्ने नेपाल प्रहरीका सहायक हवल्दार संगिता अधिकारीको उच्च प्रसंशा गर्दै एक तह बढुवा गरिएको छ ।
७०औँ प्रहरी दिवसको अबसर पारेर जिल्ला अदालत दाङलाई क्षती हुनबाट जोगाउन भूमिका खेल्ने प्रहरी सहायक हवल्दार संगितालाई बिशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संगितासंगै काठमान्डौ महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई हेमबहादुर बिकलाई पनि एक तह बढुवा गरिएको छ । आन्दोलनका क्रममा घाइते प्रहरी तथा अन्य नागरीकको उद्दारमा बिशेष भूमिका निर्वाह गर्ने बिकलाई पनि ७०औ प्रहरी दिवसको अवसर पारेर बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लाइभदाङ । १ कार्तिक २०८२, शुक्रबार १६:२७ बजे