दाङमा सिकार खेल्न जाने क्रममा बन्दुक पड्किदा एक जनाको मृत्यु

दाङ,१३ जेठ ।

दाङमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किदा एक ब्यक्तीको मृत्यु भएको छ । दाङ बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किदा लमही नगरपालिका वडा नं. १ बौराह निवासी कालुराम घर्ती मगरको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार लमही १ बौराहबाट ५/७ जना ब्यक्ती भरुवा बन्दुकलिएर जंगलतर्फ जान लागेको थिए । त्यही क्रममा बंगलाचुली ८ राणीखुट्टी भन्ने स्थनमा संगै गएका बुद्धिराम घर्तीले बोकेको बन्दुक पड्किएको थियो । बन्दुक पड्किदा कालुरामलाई लागेपछि उनको घटना स्थलमै मृत्यु भएको थियो । घटना शुक्रबार दिउसो १२ बजेतिरको हो । तर, प्रहरीलाई साँझ मात्रै खबर आएको थियो । खबर आएपछि तीन घण्टा हिडेर प्रहरी घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

संगै गएका ४ जनालाई पक्राउ गरि अनुसन्धान थालिएको छ । उनीहरुको साथबाट थप ४ वटा भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।