तुलसीपुरमा पृथ्वीनारायण शाहको प्रतीमा राखिने

तुलसीपुर, १९ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ स्थित बाहिनीचोकमा पृथ्वीनारायण शाहको प्रतीमा स्थापना गरिने भएको छ । त्यसकालागि प्रतीमा निर्माण कार्य अगाडी बढेको छ । विहीबार तुलसीपुरमा सर्वदलिय, सर्वपक्षिय भेला समेत भएको थियो ।


त्यस अवसरमा बक्ताहरुले राष्ट्रनिर्माता शाहको सम्झनामा दाङको तुलसीपुरमा शालिक निर्माण गर्ने कुराले सकारात्मक सन्देश दिने बताएका थिए । केही दिनमा प्रतीमा राख्ने तयारी रहेको हरि शाहले बताए । त्यसकालागि तुलसीपुर उपमहानगरपालिकाले अनुमति समेत दिइसकेको छ ।