जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण

गोकर्ण पौडेल

तुलसीपुर, १३ जेठ ।


तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १९को पहिलो बैठकले निर्वाचनमा प्राप्त गरेको मत संख्यामा प्रत्येक वर्ष बिरुवा रोप्ने भएको छ । पर्यावरण संरक्षणका लागि टेवा पु¥याउने उद्देश्यले प्राप्त गरेको मत संख्या बराबरको बिरुवा रोप्ने निर्णय गरिएको वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । वडाध्यक्षले प्राप्त गरेको एक हजार पाँच सय ६ वटा बिरुवा वडाभित्र रहेका सामुदायिक वनहरुसंगको समन्वयनमा रोप्ने र संरक्षणका लागि वडाबाट तारबारको व्यवस्था गरिने समेत वडाध्यक्ष योगीले जानकारी दिनुभयो ।

त्यस्तै वडाभित्र ८० वर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकहरुको ६/६ महिनामा घरमै पुगेर नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिने भएको छ । वडाध्यक्ष योगीले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै पोसिलो खानेकुरा समेत प्रदान गरिने बताउनुभयो । बैठकले निर्वाचनमा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।