दाङमा ड्याममा डुबेका युवक अझै भेटिएनन्

दाङ, ७ भदौ ।
दाङमा ड्याममा डुबेका एक युवकको अवस्था अझै पनि अज्ञात रहेको छ ।

सोमबार बिहान ११ बजेतिर घोराहीको कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।


ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि २४ घण्टा बित्नै लाग्दा पनि अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो ।