सल्यानमा यात्रुबहाक बस दुर्घटना हुदा ६ जना घाइते

तुलसीपुर,१३ जेठ ।

सल्यानमा यात्रुबहाक बस दुर्घटना हुदा ६ जना घाइते भएका छन । शुक्रवार बिहान जिल्लाको पातीहाल्ना देखि दाङ तर्फ आउदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाघचौर नगरपालिका जंघारखोला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।


दुर्घटनामा घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ बस्ने २२ वर्षीया अन्जना गीरी,रोल्पाको गंगादेव गाउँपालिका ३ बस्ने ५८ वर्षीया दिलकुमारी खड्का,बाघचौर नगरपालिका ८ कोटमौला बस्ने ६३ वर्षीया चम्पा ढकाल,सोहि ठाउँ बस्ने ४८ वर्षीय अजमक कामी,२६ वर्षीय दिपक योगी र ७५ वर्षीय लिलानाथ योगी रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको अहिले सल्यानको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।