दुर्घटना घटाउने जेसिजको अभियान : चम्मिखोलामा सचेतना बोर्ड

तुलसीपुर, २० साउन ।
बिभिन्न सामाजिक काम गर्दै आएको तुलसीपुर नगर जेसिजले ट्राफिक सचेतना अभियान पनि चलाईरहेको छ ।

जेसिजले मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना चम्मिखोला पुलको मोडमा सचेतना बोर्ड स्थापना गरेको छ ।

दिनहुँजसो सडक घटना भइरहने ठाउँमा यसरी जेसिजले सचेतना बोर्ड राख्ने गरेको छ । अध्यक्ष नारायण भट्टराईका अनुसार आगामी दिनमा त्यस स्थानमा दुर्घटना नहोस्, भनी उक्त बोर्ड स्थानमा बोर्ड स्थापना गरिएको हो ।


त्यस अवसरमा राधाकृष्ण तेलमिलका संचालक तथा जेसिजका अक्षयकोषदाता केसबराज सापकोटा, तुलसीपुरका ट्राफिक प्रमुख, जेसिजका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक बुद्धिराज सापकोटाले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिब दामोदर न्यौपानेले गरेका थिए ।