जनज्योति प्रा.वि. खयरभट्टीमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने 

हापुरे, ०१  चैत । 
दाङको बबई गाउँपालिका ५ खयरभट्टीमा रहेको जनज्योति प्राथमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ। बुधबार  विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष कृष्ण सुनारको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका वडा नम्बर  २ का वडाध्यक्ष टेक बहादुर वलीको बिशिस्ट आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले आगामी शैक्षिक सत्र २०८१ देखि कक्षा नर्सरी, देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

साथै भेलाले निजि श्रोतबाट २ जना शिक्षक नियुक्त गर्ने र अतिरिक्त समयमा विद्यालय सञ्चालन गर्ने लगायतका बिभिन्न  निर्णय गरेको छ। विद्यालयका शिक्षिका लक्ष्मी वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक कुम्भकर्ण खत्रीले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बबई गाउँपालिका कार्यपालिका सदस्य नोखि डाँगी, बबई ५ का वडा सदस्य भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र बबईका सदस्य जयराम बि।क, नेपाली काङ्ग्रेस  बबई ५ का  सभापति देविराम शर्मा, नेकपा एमाले बबई ५ का अध्यक्ष शिबप्रसाद भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै नेकपामा ओवादी केन्द्र बबई ५ का अध्यक्ष टेक बहादुर खत्रि, प्राथमिक विद्यालय पुर्वहापुरेका प्रधानाध्यापक जित बहादुर केसी प्राथमिक विद्यालय हुरुमका प्राधानाध्यापक अमृत डाँगी, पुर्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पर्सुराम वली खयरभट्टि सिमगैरा सामुदायिक बन उपभोक्ता समुह अध्यक्ष प्रेम बहादुर खड्का, जेष्ठ नागरिक संघ दाङ जिल्ला सदस्य चन्द्रबहादुर वली लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सोभाराम वलीले गर्नुभएको थियो । वि।स।२०४८ सालमा स्थापना भएको विद्यालय अहिले  कक्षा ५ सम्म सञ्चालन भैरहेको छ । विद्यालयलाई अंग्रेजी माध्यामबाट सञ्चालन गर्न खयरभट्टि सिमगैरा सामुदायिक वन उपभोक्ता समुहले ५ लाख रुपैयाँ सहयोग गरेको छ।