बबईमा भवन नहुदा बिपद व्यवस्थापनका समाग्री भण्डारण गर्न समस्या

रामप्रसाद सुवेदी

हापुरे, १० जेठ ।


नेपाल रेडक्र्रस सोसाइटी दाङ शाखा उपकोषाध्यक्ष ज्ञान प्रसाद आइतबारेले भवन नहुदा बबई गाउँपालीकामा बिपद व्यवस्थापनका समाग्री भण्डारण गर्न समस्या आएको भन्दै तत्काल एउटा भवन निर्माण गरीदीन बबई गाउँपालीकालाईं आग्रह गर्नुभएको छ । आज नेपाल रेडक्रस सोसाइटी दाङ शाखा, पन्चकुले उपशाखा र समुदायमा उत्थानशिललता अभीवृदी परीयोजनाको संयुक्त आयोजनामा गत बैसाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित जन प्रतिनिधीहरुलाई बधाई तथा स्वागत सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै आइतबारेले जिल्लामा बिपद व्यवस्थापनका समाग्री उपल्बध भए पनी बबईमा भवन नहुदा भण्डारण गर्न समस्या आएको र पीडीतहरुलाई तत्काल सहयोग तथा राहात सामाग्री उपलब्ध गराउन नसकीएको हुदा यस बारेमा पहल गरीदीन नव नीर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत बैसाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित बबई गाउँपालिका अध्यक्ष सहीत ७ वटै वडाका वडाध्यक्षहरुलाइ खादा र अबीर लगाएर बधाई तथा स्वागत सम्मान गरीएको थियो । कार्याक्रमको सहजीकरण देबी नेपालले गर्नुभएको थीयो ।