बुद्धनगर टोलमा वृक्षारोपण

तुलसीपुर, ३० साउन ।
तुलसीपुर ५ मा रहेको बुद्धनगर टोलमा आज(मंगलवार) एक कार्यक्रम गरी बृक्षारोपण गरिएको छ । टोल विकास संस्थाको आयोजनामा पातुखोला किनारामा विभिन्न प्रजातीका विरुवा रोपीएको हो ।

संस्थाका अध्यक्ष ऋषिराज खरेलको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरु लालमती भण्डारी, भिम बहादुर केसी, युवराज नेपाली र तुलसीपुर अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल(जेठुकान्छु)को विशिष्ट आतिथ्यतामा बृक्षारोपण कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्ने बक्ताहरुले विरुवा रोप्नु मात्रै ठुलो कुरा नभई यसलाई हुर्काउनु र संरक्षण गर्नु महत्वपुर्ण कुरा भएको बताएका थिए । साथै उनीहरुले टोलबस्तीलाई हरियाली,सुन्दर र सफा बनाउनका लागी टोल बासीहरुको महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।



वडा कार्यालयको समन्वयमा डिभिजन वन कार्यालय दाङले दालचिनी, सितलचिनी, स्वामी, अशोक, अमला, लप्सी, घण्टीफुल, पारिजात र कोईराल प्रजातीका गरी ७० वटा विरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष ऋषिराज खरेलले जानकारी दिनुभयो । साथै उहाले विरुवा उपलब्ध गराई सहयोग गर्ने डिभिजन वन कार्यालय प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बृक्षारोपण कार्यक्रममा प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष अतिराम विष्ट,समाजसेवी दरिभान डागि, संस्थाका संरक्षक धनबहादुर केसी लगाएत टोलवासीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव चक्रप्रकास नेपालीले गर्नुभएको थियो । प्रत्येक टोलबासिहरुलाई नै जिम्मेवार बनाउने गरि बिरुवा रोप्न लगाईएको सचिब नेपालीले जानकारी दिनुभयो ।