गुरुकुल एकेडेमी घोराहीद्धारा नयाँ जिम्मेवारी बाँडफाड

घोराही, ८ चैत्र ।
गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरिएको छ।

विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ, जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन्। आधारभुत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन्। आशा कुमारी चौधरीलाई आधारभुत तह संयोजकको जिम्मेवारी दिइएको छ। उहाले विद्यालयको आधारभुत तहका कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिनुभएको छ।


त्यस्तै, आधारभुत तह कक्षा १ र २ को संयोजकको रूपमा रेशु राउतलाई जिम्मेवारी दिइएको छ। रेशु राउतले कक्षा १ र २ का विद्यार्थीहरूको शिक्षण प्रक्रिया र प्रशासनको समन्वय गर्नुुहुने छ।

यस निर्णयले विद्यालयको प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास रहेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले बताउनुभयो। यसका साथै, विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र विद्यालय वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।