एमसीसीको रहस्य

भीमबहादुर वली
एमसीसी एउटा पुँजीवादी राज्य टिकाउनका लागि प्रयोगमा ल्याइएको विश्व व्यबस्थाको कार्यनिती हो । जुन कार्यनीति नेपालकालागि आवश्यक किन हुदैछ ? के नेपालले एमसीसी विना आफ्नो विकास गर्न सम्भव छैन ? की यो सम्झौता गरे नेपालको कायापलट हुन्छ ? नेपाल एक समाजवाद उन्मुख स्वतन्त्र राज्य हो ।

त्यसैले आजको पुँजीवादले हाम्रो संवैधानिक समाजवादलाई निस्तेज गर्ने र चीनलाई आक्रमण गर्नका लागी नेपाली भूमि प्रयोग गर्दैछ, जस्का विरुद्ध नेपाली एकताको खाँचो छ । नेपाल र नेपालीहरूको कार्यनीति समाजवादको रणनीति पूरा गर्नका लागी सान्तिपूर्ण र विद्रोहका दुवै कार्यनीतिहरू फ्युजन गरेर मात्रै सम्भव छ तर आजको नेपाली राजनीति कार्यदिशा विहीन छ ।

त्यसको पुर्णता एमसीसीको विरोधले मात्र पूरा नहुने भएकाले लाखौ जनताहरूबाट विद्रोह अनिवार्य छ । जुन विद्रोह रक्तपात सहितको भएमा त्यसको नेतृत्व कस्ले गर्ने तथा जनताले विस्वास गर्न लायक कसरी वनाउने आजको गम्भीर विषय हो । प्रथम र दोश्रो विश्वयुद्धबाट शिक्षा लिन जरुरी छ । यो एमसीसी पनी विश्व व्यबस्था कै संकटका रुपमा तेस्रो युद्धको तयारी गरिरहेको अवस्था हो भने उत्डित राष्ट्रका जनताहरू विद्रोहमा छन्, तर शाषकहरू नेपालमा पनि लम्पसार परिरहेका छन् ।

विश्व व्यबस्थाका विरुद्धको नेतृत्व संसारभर खडेरी लाग्दा नेपालमा सम्भव तुल्याउन हामीहरू नै तयार हुन पर्ने देखिन्छ । नेपाली जनताको विद्रोहले नेपाली शाषकहरूलाई सत्ताबाट पटक–पटक फाल्न त सफल भएपनि अधिकार आफ्नो हातमा ल्याउनलाई पेरिस कम्युनको भन्दा कमजोर किन भएको छ जस्को जवाफ सहिढंगले दिन नसक्नु कै कारण यो परिणाम हामीहरूले भोगिरहेका छौं ।


हाम्रा विद्रोहहरू पटक–पटक नेतृत्वले सम्झौतामा विसर्जन गरेकै परिणाम आज पुनः नेतृत्वप्रति नेपाली जनताहरूमा विश्वास घटेको हो । त्यसको पूर्ति सामान्य विरोधबाट सम्भावना छैन । नेतृत्वबाटै अथाह बलिदान आजको आवश्यकता हो ।

अरुलाई लडाएर मात्र सम्भव छैन । नेपालमा सचेतपंक्ती वलिदान आफै गर्न त तयार छ तर निष्कर्षमा पुग्ने कार्यदिशा अभावका कारण अन्योलमा छ । यो अन्योललाई निष्कर्षमा पुर्याउन आज एमसीसीदेखी अन्य विषयहरूको निष्कर्षमा पुग्नका लागी सदनदेखी सडकसम्म विषयगत वहसको आवसयकता कस्ले पुरा गरिदीने ? नयाँ शक्ति नवनिरहेको र पुरानो रुपान्तरण नभएको अन्तरद्वन्द्व आजको अवस्था हो यसलाई चिरेर मात्र हाम्रो भविष्य सुनिश्चित गर्न सकिने छ । (लेखक : माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य हुन् )