स्वच्छ पानी, स्वस्थ्य जिन्दगानी

बंशीकुमार शर्मा
पानी मानव जीवनको आधार हो। पानी बिना जीवनको कल्पना गर्न पनि सकिँदैन । हाम्रो शरीर लगभग ७०% भाग पानीले बनेको हुन्छ, जसले देखाउँछ कि पानी जीवनका लागि कति आवश्यक छ । तर, सबै पानी पिउन उपयुक्त हुँदैन–हामीलाई चाहिएको हो स्वच्छ पानी, किनभने स्वच्छ पानी नै स्वस्थ्य जीवनको आधार हो। तर सबै पानी पिउन योग्य छैन । सिङगो पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । जम्मा पानीको  २ः.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ भने ९७.५ प्रतिशत पानि पिउन योग्य छैन ।

समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।  पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो।  पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन ।

यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पानी एक प्राकृतिक योगिक हो, पानी कार्बन र हाईड्रोजन तत्व मिलेर बन्छ, यसको घुलनशील क्षमताको कारण यसमा धेरै तत्व घुलित अवस्थामा रहन्छन् । यो सामान्य तापक्रममा तरल रुपमा पाईने खनिज या आधारभुत जीवनदायिनी तत्व हो । पानी चिसो भएमा ठोस वा बरफ बन्छ भने तापक्रम बढदा वा हावामा घोलिएर ग्यासको अवस्थामा रहन्छ । पृथ्वीमा ठोस सतह भन्दा जल सतह ४ गुणा बढी छ ।

शुद्ध पानीको मुख्य श्रोत वर्षा हो, हिमाल, हिमताल, डिप ट्युबवेल, बस्ती भन्दा टाढाका मुल, खोला, नदी, तलाउ पनि ताजा पानीका भण्डार हुन् । पानीले हाम्रो शरीरको रक्तसञ्चार तथा पुरै जैविक प्रक्रिया सन्तुलित राख्न मुख्य भूमिका खेल्छ । खानामा हुने तत्वहरु देखि लिएर श्वास प्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पु¥याउने काम पानीले गर्छ र शरीरबाट अनावश्यक चिज उत्सर्जन गर्ने काम पनि पानीले नै गर्छ । हामीले हरेकदिन पानी कति पिउने, कस्तो पानी पिउने बिषयमा सचेत हुनु जरुरी छ ।

पानी कति पिउने भन्ने बिषय शरिरको तौल, कार्यशैली, वातावरण, मौसम अनुसार व्यक्ति पिच्छे फरक हुन्छ । वयस्क मानिसले प्रतिदिन कम्तिमा ४ लिटर पानी पिउनुपर्छ । तर हामीले पिउने पानी निर्मलीकृत गरि शुद्ध हुनुपर्छ। पानीलाई शुद्धिकरण गर्न प्राचीन कालदेखि नै कुनै न कुनै विधि अपनाउन थालिएको पाईन्छ । वर्षातको पानी, हिमालको पानी, खोला तथा नदीको पानी शुद्ध मानिन्थ्यो र हाल पनि यसैलाई राम्रो मानिन्छ । यी श्रोतको अलावा डिपबोरिंग हाल बढी प्रयोगमा आएका छन् । पानी शुद्धिकरण गरी पिउनलायक बनाउन उमालेर, घामको किरणले सेकेर, औषधि हालेर, फिल्टर क्यान्डिलको मद्दतले छानेर तथा अरु बिधि अप्नाईन्छ । यी सबै बिधिबाट कुनै न कुनै कोणले पानी शुद्धिकरण गरिन्छ । पानी उमालेर खानु जत्तिको राम्रो अरु कुनै विधि मानिदैन । पिउन योग्य पानी उमाल्नु नै ठिक हुन्छ ।

स्वच्छ पानी भन्नाले यस्तो पानीलाई जनाइन्छ जुन कुनै किसिमको प्रदूषण, हानिकारक रसायन, विषाणु, ब्याक्टेरिया आदि मुक्त हुन्छ । यस्तो पानी पिउन योग्य हुन्छ, जसले मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्दछ। स्वच्छ पानीले वल बुद्धि विवेक  बढद छ । यदि हामी दूषित पानी पिउछौं भने विभिन्न प्रकारका रोगहरू लाग्न सक्छन्, ।


स्वच्छ पानीले मात्र होइन, स्वच्छ पानीको उपयोगसँग जोडिएका व्यवहारहरूले पनि जीवनलाई स्वस्थ बनाउँछ । उदाहरणका लागि, खाना पकाउनु अघि हात धुने, फलफूल तथा तरकारी सफा पानीले धुने, खाना पकाउने बर्तनहरू सफा राख्ने आदि अभ्यासहरूले पनि रोगबाट बच्न मद्दत गर्दछ । साथै, पानी संकलन गर्ने भाँडाहरू ढाकेर राख्नाले पनि पानीलाई प्रदूषित हुनबाट जोगाउँछ ।

“स्वच्छ पानी, स्वस्थ्य जिन्दगी” भन्ने भनाइ केवल नारा मात्र होइन, यो एक सत्य हो । यदि हामी स्वस्थ रहन चाहन्छौं भने हामीले पिउने पानीलाई स्वच्छ बनाउन, सुरक्षित राख्न र पानीको उचित व्यवस्थापन गर्न आवश्यक छ । स्वच्छ पानी मानव जीवनको आधारभूत आवश्यकता हो । यो केवल प्यास मेटाउने साधन मात्र होइन, बरु स्वस्थ जीवनको प्रमुख आधार पनि हो । स्वच्छ पानीको अभावले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्छ, रोगहरू फैलिन्छन्, र समग्र जीवनको गुणस्तर खस्किन्छ ।

कहाँको कस्तो पानी शुद्ध र पिउनयोग्य छ र कस्तो र कहाँको पानी अशुद्ध दूषित र पिउन अयोग्य छ भनेर वैज्ञानिक परिक्षणपछि मात्र थाहा हुने विषय हो। सामान्यतया जमेको भन्दा बगेको पानी नै पिउन लायक हुन्छ । ‘खानेपानीको कारणले पनि मान्छेको बुद्धि बढी र घटी हुन्छ’  भन्ने जनविश्वास छ । हावापानीको कारण त्यस क्षेत्रमा वसोवास गर्ने मानिसको जीवनशैली , शोचाई , बुद्धि बिवेक वलशालीमा फरक हुन्छ भन्ने तर्क छ । श्री ५ वडामहाराज धिराज पृथ्वी नारायण शाहले दिब्य उपदेशमा खानेपानीको विषय  उल्लेख गर्नु भएको छ  । उहाँका अनुसार खानेपानीको कारणले मान्छे साहसी वा कातर हुन्छ भन्नु भएको छ ।  खानेपानीले पनि मान्छेमा बुद्धि घटी र बढी हुने, सूरो र काँतर हुने आधारतत्वमा प्रभाव पार्छ भन्ने विचार पृथ्वीनारायण शाहले ‘कुपको पानी खान्या छेउ बुद्धि पनि हुँदैन सूरो पनि हुँदैन’ भनेर अघि सारेको पाइन्छ ।

अर्थात् कुपको पानी खानेहरुमा धाराको बग्ने पानी खानेको तुलनामा बुद्धि र साहस कम हुन्छ भन्ने मत वडामहाराज धिराज पृथ्वीनारायण शाहको रहेछ । उहाँले के आधारमा वा के अनुभवमा यो निष्कर्ष निकाले सम्वन्धीत निकायलले खोज गरोस् । कुवाको पानी खाने मान्छे कम सूरो वा कम बुद्धि भएको हुन्छ भनेर पृथ्वीनारायण शाहले संसार भरका अध्यायन अनुसन्धान गर्नेलाई नयाँ विषय चाहिँ रहेछ । यो शुद्धतासँग गाँसिएका सवाल हो । यो शुद्ध आहारा र खानपीनसँग गासिएको सवाल हो ।

जनतालाई जमेको सडेको फोहर खाने पानी होइन बगिरहने निर्मल स्वच्छ खानेपानी खुवाउने वकालत हो पृथ्वीनारायण शाहको । गहिरिएर विचार गर्दा पृथ्वीनारायण शाहले ठिकै भनेको देखिन्छ । किनभने जमेको, सडेको दुषित फोहर पानी खायो भने मानिसमा अनेक रोग लाग्ने संभावना प्रवल हुन्छ। “स्वच्छ पानी, स्वस्थ जीवन” केवल नारा होइन, यो जीवनको सत्य हो । पानीको महत्व केवल प्यास मेटाउनमा सीमित छैन, यो स्वास्थ्य, बुद्धि, र जीवनशैलीसँग गासिएको छ । धार्मिक ग्रन्थहरूले पनि पानीलाई अमृत सरह मानेका छन् ।त्यसैले हामी सबैले स्वच्छ पानीको संरक्षण गर्नु पर्छ, शुद्ध पानी पिउनु पर्छ र आगामी पुस्ताका लागि सुरक्षित पानीको व्यवस्था गर्न जिम्मेवार बन्नु पर्छ। हामीसबै मिलेर जल स्रोतको संरक्षण गरौं र स्वच्छ पानीको सदुपयोग गर्दै स्वस्थ जीवन बिताऔं । साभारः सूचनापत्र