पत्रकारको निर्वाचन र उठेका सवालहरु

पत्रकार महासंघको निर्वाचन नजिकिदैछ । तीन वर्षको कार्यकालकालागि निर्वाचन हुनेगर्छ । गएको निर्वाचनदेखि देशैभर तीन तहको निर्वाचन एकैदिन हुनेगर्छ । त्यो दिन पत्रकारहरुको एउटा पर्वका रुपमा पनि लिने गरिन्छ । खास गरि पत्रकार महासंघ श्रमजीवि पत्रकारहरुको साझा संगठन हो । श्रमजीवि पत्रकारहरुको हक हित र समग्र सञ्चार जगतको विकासकालागि पत्रकार महासंघले भूमिका खेल्ने गर्छ । त्यसले गर्दा पनि पत्रकार महासंघको एउटा उचाई रहने गरेको छ ।

पत्रकार महासंघको निर्वाचनकै सन्दर्भमा कुरा गर्दा दाङको सञ्चारकर्म देशमै उदाहरणी छ । पत्रकारीताको चर्चा गर्दा दाङलाई उदाहरण दिइन्छ । सञ्चार क्षेत्रमा क्रियासिल रहदा शहीद कृष्णसेन इच्छुकको बलिदानी, नारायण गुरु जस्ता ब्यक्तीले सञ्चार टिकाउन गरेको त्याग, सहकार्य र सहअस्तित्को भावना, पत्रकारहरुको सक्रियताजस्ता कारणले दाङको पत्रकारिता देशमै उदाहरणीय बनेको हो । यसलाई शाखलाई जोगाई राख्न भने चुनौति हामी माझ छ । दाङको पत्रकारिताको जुन इज्जत, प्रतिष्ठा छ, यो जोगाउने दायित्व नयाँ पुस्ताका पत्रकारहरुमा आएको छ । नयाँ पुस्ताले गर्ने काम, कदमले नै यो शाख जोगाउन वा गुमाउने भन्ने कुरामा भर पर्छ । त्यसैले अबको पुस्ता गम्भीर भएर लाग्नु पर्छ ।


सञ्चार क्षेत्रमा पछिल्लो केही समय आमूल परिवर्तन भयो । जुन कुरामा छोटो समयमा धेरै परिवर्तन हुन्छ, त्यहाँ बिकृति पनि हुन्छ । सञ्चार क्षेत्रमा केही विकृति पनि पक्कै देखिएका छन् । सामाजिक सञ्जालमा आउने हरेक कुरालाई समाचार बुझ्ने, युट्युवमा आउने हरेक कुरालाई समाचार बुझ्ने जस्ता कार्यले पत्रकारितालाई धुमिल्याउने गरेको छ । सञ्चार माध्याममा आएका कुरा नै समाचार, सूचना हुन्, भन्ने कुरा अबको हाम्रा पाठक, स्रोतहरुमा बुझाउन आवश्यक देखिन्छ । सत्य सूचना के हुन्, गलत के हुन्, भन्ने कुरा पनि बुझाउन आवश्यक छ । त्यसकालागि सञ्चार साक्षरता अहिलेको आवश्कता हो । हामीले आम नागरिक माझ सञ्चार साक्षरता दिन सकेनौं भने त्यसले सञ्चार माध्यामलाई अझै कम्जोर बनाउछ, र नागरिकले सत्य सूचना पनि पाउँदैनन्, यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक