तुलसीपुरमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको सुरूआती अग्रता

तुलसीपुर, ४ जेठ ।

तुलसीपुर उपमहानगरपालिकामा सुरू भएको मतगणनामा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले सुरूआती अग्रता लिएका छन्। तुलसीपुरमा १००० मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी आठ मतले अगाडि छन्। उनले ४६२ मत ल्याएका छन् भने एमालेबाट टीकाराम खड्काले ४५४ मत ल्याएका छन्।


यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले ४६१ मत ल्याएकी छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणामगरले ३३५ मत ल्याएका छन्।

वडा १ र २ बाट मतगणना सुरू गरिएको हो। तुलसीपुरमा ७० हजार बढी मत खसेको थियो। यहाँ १९ वडा छन्।