ग्वारखोला ‘हाइड्याम्प’को सम्भाव्यता अध्ययन गरिने

दाङ,२६ जेठ ।
दाङको तुलसीपुर स्थित ग्वारखोलामा ‘हाइड्याम्प’ निर्माणकालागि सम्भाव्यता अध्ययन गरिने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले यस्तो बताए ।

अध्ययन पछि संघको समन्वयमा कार्यान्वयन गरिने उनले बताए । यो विषयमा प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की राजेशले पटक-पटक आवाज उठाउँदै आएका छन् ।


मन्त्री मास्कीका अनुसार ग्वारखोलामा हाइड्याम्प निर्माण भएमा सोही क्षेत्रको खानेपानीको समस्या सहजै टर्ने छ, भने सिंचाई पनि सहज हुनेछ ।