रुखको प्रचारमा छाताको साहारा

तुलसीपुर,२२ वैशाख ।

चर्चो गर्मीले भतभति पोलिरहेको हुन्छ । टिलटिल पसिना बगिरहेका हुन्छन् । तर, त्यसको प्रवाह छैन । उत्साह छ, जाँगर छ ।

टिलटिल पसिना पुछ्दै चारतारे झण्डा र हाँसिया हथौडाको सितलता दिइरहेका हुन्छन् । र भन्छन्‘अहिले पसिना बगाईएन्, भने पाँच बर्षसम्म सुःखका सास फेर्न पाउदैनौं ।’ सत्तापक्ष गठबन्धनका उम्मेदावरलाई बिजयी बनाउन गाउँ–गाउँमा जेठमासको गर्मीको कुनै प्रवाह नगरि उत्साहकासाथ जनता खट्ने गरेका छन् ।

तुलसीपुरका सबै वडामा अहिले घरदैलो चलिरहेको छ । वडा–वडामा अहिले तुलसीपुरका मेयरका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राना खटिरहेका छन् । यस अघि एमालेको सरकारले स्मार्ट सीटीका नाममा ऋणको भारी बोकाएको भन्दै अब गठबन्धनको सरकार आबश्यक रहेको तुलसीपुर १४ निवासी रशमी चौधरीले बताईन् ।‘हामीलाई ऋणको भारी मात्रै बोकाए’,उनले भनिन्‘अब पनि त्यसकै पछि लागे हामी उत्रिनै नसक्ने गरि थेचारिन्छौं ।’


गाउँ–गाउँमा पुगेर उम्मेदवारहरुले जनताका समस्या बुझ्ने गरेका छन् । जहाँ जे समस्या छ, ति समस्या समाधान गर्ने गरि आफूहरु चुनाबी मैदानमा होमिएको गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीले बताए ।‘हामी सधै जनताका पक्षमा काम गर्ने प्रणः गर्छौ, हामीले कसैलाई काखा, कसैलाई पाखा पनि गर्दैनौं’,उनले भने‘अहिले हामीले सबै जनताका समस्या सुनिरहेका छौं, अब जितेपछि हरेक समस्या हामी समाधान गर्छौं ।’

उपमेयरका उम्मेदवार जोगबहादुर रानाले पनि आफूहरुलाई विजयी बनाएमा पाँच बर्षमा त्यसको उपलब्धी देखाएरै छाड्ने बताए । इमान्दार राजनीतिज्ञहरु नै चुनाबी मैदानमा भएकाले यहाँको विकासमा फड्को मार्ने विषयमा शंका नगर्न समेत भनेका छन् ।