अप्टिमिष्टको अभियानः असल विद्यार्थी निर्माण

दाङ, १८ पुस ।
दाङको तुलसीपुरमा क्रियासिल सामाजिक सस्था अप्टिमिष्ट क्लबहरुले असल विद्यार्थी निर्माण गर्ने अभियान सुरु गरेका छन् । तुलसीपुरमा रहेका अप्टिमिष्ट क्लव अफ दाङ र अप्टिमिष्ट क्लव अफ तुलसीपुरले अभियान सुरु गरेका हुन् ।

दुबै क्लवले बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माबिका विद्यार्थीलाई एक दिने असल विद्यार्थी बन्ने कला सम्बन्धी अभिमुखीकरण गरेर अभियान सुरु गरेका हुन् । अप्टिमिष्ट क्लव अफ दाङका अध्यक्ष डिआर भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रममा सरस्वती माबि चरकमटियाका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रधानाध्यापक सिट्टीसाप बिष्ट, अप्टिमिष्ट क्लव अफ तुलसीपुरका सस्थापक अध्यक्ष एवं अप्टिमिष्ट क्लव नेपालका लेफ्टीनेन्ट गभर्नर मानबहादुर बस्नेतले बोल्नुभएको थियो । विद्यालयस्तरबाट असल नागरिक निर्माण गर्नका लागि असल विद्यार्थी बन्ने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको अप्टिमिष्ट क्लव अफ तुलसीपुरका महासचिब बिष्णु योगीले जानकारी दिनुभयो ।

अप्टिमिष्ट क्लव अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ, सस्थापक अध्यक्ष, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।