तुलसीपुरमा एमालेको सुरुवाति अग्रता

दाङ
४ जेठ / दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाति अग्रता लिएको छ ।

तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन्, भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार १८७ मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।


पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ को गणाना भइरहेको छ । यस पालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यस अघि तुलसीपुरकाको मेयर, उपमेयरमा एमालेले जितेको थियो ।