शान्तिनगर १ भित्रका सबै कार्यालयलाई जनयुद्ध दिवस मनाउन अनुरोध

तुलसीपुर,२९ माघ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ ले जनयुद्ध दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि मनाउनकालागि अनुरोध गरेको छ ।

वडाध्यक्ष जंगबहादुर पुनले सोमबार एक विज्ञप्ति जारी गरि वडा भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा अन्य संघ संस्थाहरुलाई भब्य तरिकाले जनयुद्ध दिवस मनाउन अनुरोध गरेका हुन् ।


सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यबस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै नेपाली जनाको सर्वभौम अधिकार, स्वायत्तता र स्वशानको अधिकार ल्याउन जनयुद्धको भूमिका महत्वपूर्ण रहेको भन्दै सबैले फागुन १ गते भब्य तरिकाले मनाउन अनुरोध गरिएको अध्यक्ष पुनले बताए ।