बंगलाचुलीमा गठबन्धन विजयी : काँग्रेस उक्लियो, एमाले ‘क्लीनस्वीप’

दीपक बोहरा
दाङ,२ जेठ ।

दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनले विजयी हाँसिल गरेको छ । सोमबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका तुलसीराम पुन(सुवास) र उपप्रमुखमा काँग्रेसका भक्तबहादुर जीसी विजयी भएका छन् । पुनले २०७१ र जीसीले २६८० मतान्तरले विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी एमालेबाट अध्यक्षका उम्मेदवार भेषराज खत्रीले ३६७८ मत प्राप्त गर्दा पुनले ५७४९ मत ल्याएर विजयी भएका हुन्, भने उपाध्यक्षका एमालेका उम्मेदवार सरस्वता कुमारी घर्तीले ३२६५ मत ल्याउँदा जीसीले ५९४५ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै जनमोर्चाका अध्यक्षका उम्मेदवार अनिता पाण्डेले ५३ र उपाध्यक्षका उम्मेदवार सञ्जय वलीले ५७ मत ल्याएका थिए भने मंगलोनेश्नल अर्गनाईजेशनका अध्यक्षका उम्मेदवार सालिकराम कार्कीले १६ र उपाध्यक्ष गीता कुमारी पुनले १५ मत प्राप्त गरेकी छिन् ।

बंगलाचुलीमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । त्यस्तै ८ वटा वडा मध्ये ४ वटा वडा काँग्रेस र ४ वटा वडा माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसले एउटा र एमालेले एउटा मात्रै वडा जितेको थियो । तर, अहिले काँग्रेसले ३ वटा वडा थप्न सफल भएको छ ।


माओवादी केन्द्रले वडा नं.३ बाट शोभाराम विश्वकर्मा, ५ मा लिलाबहादुर घर्ती, ७ मा गिरबहादुर थापा र ८ मा झविन्द्र गाहा मगरले विजयी हाँसिल गरेका छन् । यी चार वटै वडा पहिले पनि माओवादीले जितेको वडा हुन् । ति मध्ये विश्वकर्मा र थापा पुनः दोहोरिएका छन् ।

त्यस्तै काँग्रेसले वडा नं. १ बाट विष्णु कुँवुर, २ बाट मैते पुन, ४ बाट हाँसबहादुर डाँगी र वडा नं. ६ बाट डोमबहादुर केसी विजयी भएका छन् । वडा नं. १ मात्रै यस अघि काँग्रेसले जितेको थियो । ति मध्ये २ मा माओवादी केन्द्रबाट यस अघि जितेका वडाध्यक्ष मेघराज राणालाई काँग्रेस उम्मेदवार राणाले हराउन सफल भए, भने यस अघि माओवादी केन्द्रले जितेको ४ नम्बर वडामा पनि जित निकाल्न सफल भयो । त्यस्तै एमालेले जितेको ६ नम्बर वडामा पनि काँग्रेसले जित निकाल्न सफल भयो । जहाँ यस अघि एमालेका बेदुलाल घर्तीले जितेका थिए । तर, अहिले तिनै घर्तीलाई काँग्रेसका केसीले हराएका छन् ।

यस अघि बंगलाचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ६ वटा जितेपनि अहिले पनि अध्यक्ष र चारवटा वडामा खुम्चिएको छ, भने काँग्रेसले उपाध्यक्षसहित ४ वटा वडामा उक्लिएको छ । वंगलाचुलीमा १५ हजार ९ सय ५३ मध्ये १० हजार ७ सय ३३ मत खसेको थियो ।